जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो ।

भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिएका छन् ।


भेटमा प्रधानमन्त्रीले सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको सभाभुखलाई जानकारी गराएका थिए । सभामुखले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको सांसदहरुको गुनासो रहेको बताएका थिए ।