![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा छलफल नभइ नागरिकता विधेयक प्रमाणीकरण हुँदा शीतल निवासको गरिमामा गिरावट आएको बताएका छन् ।
बुधबार सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै नागरिक विधेयक प्रमाणीकरणको प्रक्रियालाई लिएर प्रश्न उठाएका हुन् । यस विधेयक प्रमाणीकरण गराउँदा राष्ट्रहितविरुद्ध हुने उनको भनाई छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
सभापति लामिछानेले नयाँ जनादेशबाट संसद् बनिसक्दा विधेयक संसदमा छलफल आवश्यक भएको बताए ।
‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराई, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरुद्ध छ,’ उनले लेखेका छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)