गौर हत्याकाण्डदेखि दरबार हत्याकाण्डसम्मको छानबिन हुनुपर्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

बैठकमा सांसद प्रभु साहले गौर हत्याकाण्डको छानबिनका विषयमा प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्ने बताए ।


‘गौर हत्याकाण्ड मात्र होइन, देशको ठूलो र डरलाग्दो दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले ०४८ सालयताका भ्रष्टाचार छानबिन गर्ने भनेको छु । कसैलाई पनि उन्मुक्ति हुँदैन ।’