काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।
कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु तीन खर्ब सात अर्ब ४५ करोड अर्थात १७ दशमलब ५५ प्रतिशत रहेको छ ।
यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा दुई दशमलब ३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६ दशमलब ३७ प्रतिशतले बढी हो ।
कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार ४ खर्ब ८ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ४९ अर्ब ९४ करोड बेहोर्दा रु चार खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ ।
सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु दुई खर्ब १२ अर्ब ७५ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु दुई खर्ब ४० अर्ब आन्तरिक ऋणबाट बेहोरिनेछ ।
समग्र बजेटको आकार घटेसँगै केही मन्त्रालयको घटाइएको छ भने केहीमा भने बढाइएको छ ।
कुन मन्त्रालयको बजेट घट्यो कुनको बढ्यो ?
१. स्वास्थ्य मन्त्रालय
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट रु १४ अर्बले बढाएको छ । आर्थिक वर्ष २०८०/८१ मा यस मन्त्रालयको लागि सरकारले रु ८३ अर्ब ९९ करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्ष ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको थियो ।
२. शिक्षा मन्त्रालय
आर्थिक वर्ष २०८०/८१ मा सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पनि बजेट बढाएको छ । सरकारले यस मन्त्रालयको लागि रु १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा शिक्षातर्फ ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
३. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने रु ३० अर्बले बजेट घटेको छ । यस मन्त्रालयका लागि सरकारले रु एक खर्ब ३१ अर्ब ५९ करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्ष रु एक खर्ब ६१ अर्ब ५६ करोड विनियोजन गरिएको थियो ।
४. उद्योग मन्त्रालय
सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि बजेट घटाएको छ । आर्थिक वर्ष २०८०÷८१ को लागि सरकारले यस मन्त्रालयमा ९ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष १० अर्ब ४८ करोड बजेट विनियोजन भएको थियो ।
५. सञ्चार मन्त्रालय
सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि १२ करोड बजेट बढाएको छ । यस मन्त्रालयको लागि सरकारले रु ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्ष ८ अर्ब ५९ करोड बजेट बिनियोजन गरेको थियो ।
६. उर्जा मन्त्रालय
सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको लागि रु ८७ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । चालु आवमा यस मन्त्रालयका लागि रु ७५ अर्ब १० बजेट विनियोजन गरेको छ ।
७. सहरी विकास मन्त्रालय
सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्याएको छ । सरकारले आगामी आर्थि वर्षको लागि यस मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ३७ अर्ब ७३ करोड मात्रै बजेट विनियोजन गरिएको थियो ।
सरकारले यस मन्त्रालयलाई आर्थिक वर्ष २०८०/८१ लागि करिब रु ३० अर्ब बढी बजेट विनियोजन गरको हो ।
८. पर्यटन मन्त्रालय
सरकारले आगामी वर्षको लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका लागि रु ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक यस मन्त्रालयका लागि रु ९ अर्ब ३८ करोड विनियोजन गरिएको थियो ।
९. खानेपानी मन्त्रालय
सरकारले आर्थिक वर्ष २०८०/०८१ मा खानेपानी मन्त्रालयको लागि २८ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष यस मन्त्रालयका लागि ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको थियो ।
१०. तथा सामाजिक सुरक्षा मन्त्रालय
सरकारले आगामी श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट घटाएको छ । चालु आर्थिक वर्षभन्दा आर्थिक वर्षको बजेटभन्दा एक अर्ब पाँच करोडले घटेको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा यस मन्त्रालयको लागि ८ अर्ब ८ करोड रकम बजेट बिनियोजन भएको छ । चालु आर्थिक वर्ष ९ अर्ब १३ करोड बजेट विनियोजन भएको थियो ।
११. कृषि तथा पशुपन्छी विकास मन्त्रालय
सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा तीन अर्ब एक करोड बढी हो । चालु आर्थिक वर्ष यस मन्त्रालयमा सरकारले ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको थियो ।
१२. भूमि व्यवस्था मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेट चालु आर्थिक वर्षको भन्दा थोरै बढेको छ । यस मन्त्रालयको लागि सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि ७ अर्ब २४ करोड बिनियोजन गरेको छ । चालु आर्थिक वर्ष ७ अर्ब ४ करोड बजेट विनियोजन गरिएको थियो ।
१३. वन तथा वातावरण मन्त्रालय
सरकारले वन तथा वातावरण मन्त्रालयको बजेट दुई अर्ब ५६ करोडले बढाएको छ । आर्थिक वर्ष २०८०/८१ को लागि यस मन्त्रालयमा सरकारले १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष १३ अर्ब बजेट विनियोजन गरेको थियो ।
१४. जलस्रोत तथा सिँचाइ मन्त्रालय
सरकारले जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेट भने चालु आर्थिक वर्षकै बजेटलाई निरन्तरता दिएको छ । आर्थिक वर्षको २०८०/८१ को लागि यस मन्त्रालयमा सरकारले ३३ अर्ब ५० करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्ष पनि यस मन्त्रालयमा त्यति नै बजेट विनियोजन भएको थियो ।