कामीरिता २८ औं पटक सगरमाथाको चुचुरोमा



काठमाडौँ । कामीरिता शेर्पाले २८ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको २८ औं पटक आरोहण गरेका हुन् । योसँगै उनले सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन्।

सेभेन समिट ट्रेक्स प्रालिले शेर्पाले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको आरोहण गरेको जनाएको छ । वसन्तयाममा उनी सगरमाथा चुचुरोमा दोस्रोपटक पुगेका हुन । उनी यसअघि बुधबार २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका थिए ।