काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो



काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ । आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै तेस्रो बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्यो ।

पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै बाँकी सेट आफ्नो पक्षमा पार्यो । दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै उज्वेकिस्तानविरुद्ध नेपालले सानदार जित निकालेको हो ।


सेमिफाइनलमा नेपाल काजकस्तानसँग ३–२ को सेटमा पराजित हुँदै उपाधि दौडबाट बाहिरिएको थियो । आजै फाइनलमा भारत र काजकस्तानबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।