कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु : मन्त्री गुरुङ



काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कानून निर्माणको प्रक्रियालाई तीव्रता दिने बताएका छन् ।

शपथग्रहणपछि मन्त्रालयमा आज पदभार ग्रहणमा उनले निर्माण गर्ने क्रममा रहेका र नयाँ निर्माण गर्नुपर्ने कानूनलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए ।


उनले आफू स्वतन्त्र न्यायालयप्रति प्रतिबद्ध रहेको भन्दै न्याय प्रणालीलाई छिटो छरितो बनाउने विषयमा सदा ध्यान दिएर काम गर्ने बताएका छन् ।