ए डिभिजन लिग : मछिन्द्रद्वारा संकटा पराजित

काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको चौंथो मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ६९ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा मछिन्द्र २–० ले अघि रह्यो । खेलको ७८ औँ मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए तर ८९ औँ मिनेटमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई ३–१ को जित दिलाए । जितसंगै मछिन्द्रले १४ खेलमा २१ अंक जोडेको छ । संकटाको १४ खेलमा १६ अंक रहेको छ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा एपीएफ र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलको ५७ औँ मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा एडमा डोम्बियाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए । यस बराबरीसँगै एपीएफले १४ खेलमा १९ अंक जोडेको छ । एनआरटीले १४ खेलमा १७ अंक जोडेको छ ।

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको चौंथो मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै ६९ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा मछिन्द्र २–० ले अघि रह्यो । खेलको ७८ औँ मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए तर ८९ औँ मिनेटमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई ३–१ को जित दिलाए । जितसंगै मछिन्द्रले १४ खेलमा २१ अंक जोडेको छ । संकटाको १४ खेलमा १६ अंक रहेको छ ।