ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने



काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा एक-एक खेल हुन लागेका हुन् ।


दशरथ रंगशालामा संकटा र हिमालयन शेर्पा क्लब भिड्दा एन्फा कम्प्लेक्स खुमलटार र मच्छिन्द्र क्लब आमने सामने हुनेछन् ।

दुवै खेल दिउँसो ३ बजे सुरु हुनेछन् ।