‘ए’ डिभिजन लिग : थ्रीस्टारविरुद्ध मछिन्द्रको जित



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लवले थ्रीस्टार क्लवलाई पराजित गरेको छ । शनिबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

मछिन्द्रका लागि एक मात्र निर्णायक गोल जापानी खेलाडी युता सुजुकीले खेलको दशौं मिनेटमा गरेका थिए । जितपछि मछिन्द्रको २७ अंक भएको छ । थ्रीस्टारको २५ अंक रहेको छ ।


यस्तै शनिबार नै दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । आर्मीसंगं पराजित भएपछि चर्च ब्वाइज शिर्ष स्थानमा पुग्न असफल रह्यो ।

खेलको ४४ औं मिनेटमा जिलेस्पी जंग कार्कीले आर्मीका लागि गोल गरेका थिए । जीतसंगै आर्मीको १७ खेलमा २४ अंक छ ।

चर्च ब्वाइज १७ खेलमा ३० अंक जोड्दै दोस्रो स्थानमा छ ।