ए डिभिजन लिगमा सङ्कटालाई पुलिसले हरायो



काठमाडौं । ए डिभिजन लिग फुटबलमा नेपाल पुलिसले सङ्कटा क्लबलाई हराएको छ । शुक्रबार दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले सङ्कटालाई २–१ गोलले पराजित गरेको हो ।

पुलिसका लागि माजेस ग्याबा र मोहमद आशिकले गोल गरे । सङ्कटाका निशान खड्काले १ गोल फर्काए । यो जितसँगै पुलिस तालिकाको ११ औँ स्थानमा उक्लिँदै ‘रेलिगेशन जोन’ छोडेको छ ।