एसीसी प्रिमियर कपको फाइनल आज : नेपाल र यूएई भिड्दै



काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेलमा आज (सोमबार) नेपाल र यूएई भिड्दै छन् । कीर्तिपुरस्थित खेल मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलो पटक सो प्रतियोगिता खेल्न चाहन्छ । उपाधि जित्ने टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउने छ । नेपालले उपाधि जित्न सके एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।


सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ ।