‘इच्छुक’ स्मृति दिवसमा काठमाडौँमा प्रेस सेन्टरको प्रभातफेरि



काठमाडौँ । २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज काठमाडौँमा प्रभातफेरि आयोजना गरेको छ ।

१९औँ केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शङ्खरापुर नगरपालिकाको साँखुमा प्रभातफेरि आयोजना गरेको हो ।


प्रभातफेरिमा सेन्टरका केन्द्रीय नेतृत्वलगायतको सहभागिता रहेको थियो । प्रेस सेन्टरले प्रत्येक वर्ष जेठ १३ गतेका दिन कवि, पत्रकार तथा लेखक इन्छुकको स्मरणमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । आजै प्रेस सेन्टरको साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दै छन् ।