आजको मौसम : कोशी, गण्डकी  र कर्णालीमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना



काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।


दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।

राति भने देशको पहाडी भू-भागका आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।