आईपीएल : लखनउले मुम्बइलाई ५ रनले हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले दिएको १ सय ७८ रनको लक्ष्य मुम्बईले भेट्न नसकेको हो । मुम्बई निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रनमै समेटियो ।


पहिले ब्याटिङ गरेको लखनउले ३ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो । लखनउका लागि मर्कश स्टोनिसले सर्वाधिक ४७ बलमा चार चौका र आठ छक्काको मद्दतमा ८९ बनाए भने कुर्नाल पाण्डेयले ४२ बलमा ४९ रन बनाएका थिए ।

आईपीएलमा बुधबार साँझ पन्जाव किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल हुँदैछ । खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।