आईपीएल : बैंगलोरसँग हैदरावाद ८ विकेटले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराईजर्स हैदरावादलाई ८ विकेटले हराएको छ।

हैदराबादमा राति अबेर भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो।


१ सय ८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले १९ ओभर २ बलमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो।

बैंगलोरका लागि ओपनर विराट कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले। कप्तान डु प्लेसिस ४७ बलमा ७ चौका र २ छक्कासहित ७१ रनमा आउट भए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो।

हैदरावादका लागि हेनरिच क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन्।

जितसँगै बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ। हारसँगै प्लेअफको दौडबाट बाहिरिसकेको हैदराबाद १३ खेलमा ४ जित र ७ हारका साथ पुछारमा रहेको छ।

आईपीएलमा आज पन्जाव किङ्स र राजस्थान रोयल्स खेल्दैछन्। यो खेल धरमपुरमा शुक्रबार राति पौने ८ बजे सुरु हुनेछ।