अमेरिकाको एटलान्टामा गोली चल्दा एक जनाको मृत्यु, चार घाइते



एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य चार जना घाइते भएका छन् ।

घटनाको विवरण दिँदै एट्लान्टा प्रहरी विभागका प्रमुख डारिन सियरबमले गोली चलाउनेले पाँच जनालाई गोली हानेको र तीमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको बताएका छन् । गोली लागेका पाँचैजना महिला रहेको बताइएको छ ।


एटलान्टा औषधालय नजिक बन्दुकधारीले गोली हानेको बुझिएको छ । उनीहरूको मेमोरियल अस्पतालमा उपचार भइरहेको सीएनएनले उल्लेख गरेको छ।

घटनामा संलग्न व्यक्ति पूर्व कोस्ट गार्ड्सम्यान रहेको बुझिएको छ ।