काठमाडौँ। नेपाल धितोपत्र बोर्डले ७ वटा कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) वितरण गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले ७ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो।
एलओआई पाएका ४३ वटा कम्पनीमध्ये ७ कम्पनीले बोर्डले तोकेको मापदण्ड पूरा गरेकाले लाइसेन्स दिने निर्णय भएको हो। बाँकी कम्पनीहरुले पनि आवश्यक भौतिक पूर्वाधार विस्तार गरेपछि क्रमशः लाइसेन्स पाउँदै जानेछन् ।
लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड लिमिटेड रहेका छन्। धितोपत्र बोर्डमा नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन दिएका थिए।