सेयर बजारमा पहिरो, ५३.१६ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । मंगलबार शेयर बजार नेप्से ह्वात्तै घटेको छ । नेप्से मङ्गलवार ५३ दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ६१ विन्दुमा झरेको छ । सबै कम्पनीको शेयर घटेर बजार राताम्मे भएकोमा बीमा, होटल, विकास, बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ७५ वटा कम्पनीको ७० लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ३४ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।


आज सबैभन्दा धेरै श्वेतगङ्गा हाइड्रो कम्पनीको शेयर झन्डै साढे नौ प्रतिशत र सामुदायिक लघुवित्तको शेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आत्मनिर्भर लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।