सिद्धारमैया कर्नाटकको मुख्यमन्त्री बन्ने



भारतको कर्नाटका राज्यमा सिद्धारमैया मुख्यमन्त्री बन्ने भएका छन् । भारतीय राष्ट्रिय कंग्रेसकाअध्यक्ष मल्लिकार्जुन खड्गे र पूर्वअध्यक्ष राहुल गान्धीबीच ७५ वर्षका सिद्धारमैयालाई कर्नाटकाको मुख्यमन्त्री बनाउने सहमति भएको हो ।

कंग्रेसका प्रदेश अध्यक्ष डिके शिवकुमार उपमुख्यमन्त्री बन्नेछन् । सुरूमा मुख्यमन्त्रीमा दाबी गरेका शिवकुमारलाई उपमुख्यमन्त्रीमा मनाउन पार्टीले उनलाई अन्य महत्वपूर्ण पद दिने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।


कंग्रेसको संगठन बनाउन र पार्टीलाई आर्थिक स्रोत जुटाउन शिवकुमारले महत्वपूर्ण भूमिका खेलेका छन् । उनी सन् २००६ मा कंग्रेसमा आबद्ध भएका थिए । उनी एचडी देवेगौडाको जनता दल (सेक्युलर) छाडेर कंग्रेसमा आएका थिए ।

उनी देवराज उर्सपछि कर्नाटकको मुख्यमन्त्रीमा पूर्ण कार्यकाल रहने दोस्रो व्यक्तिसमेत हुन् । १३ मे, २०१३ देखि १७ मे २०१८ सम्म उनी कर्नाटकको १४औं मुख्यमन्त्रीका रूपमा रहेका थिए । मुख्यमन्त्री र उपमुख्यमन्त्रीको शपथ शनिबार हुने बताइएको छ।

एक साताअघि सम्पन्न विधानसभा निर्वाचनमा कर्नाटकामा कंग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ । २२४ सदस्यीय विधानसभाको १३६ सिट जित्दै कंग्रेसले एकल सरकार बनाउन लागेको हो।