संसदमा आजदेखि प्रि–बजेट छलफल, अर्थमन्त्रीले २७ गते जवाफ दिने



काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा आज (सोमबार) देखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुने भएको छ । हिजो बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि-बजेटका बारेमा छलफल हुन लागेकाे हाे ।

संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल हुनेछ । २७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यतालिका रहेको सचिवालयले छ ।


प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ ।