विदेश अध्ययन गर्न जाने विद्यार्थीबाट नौ महिनामा ६७ अर्ब रुपैयाँ बाहिरियो : प्रधानमन्त्री



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षको नौ महिनामा अध्ययनका लागि देशबाट ६७ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको जानकारी दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले अध्ययनका लागि देशबाट चालु आर्थिक वर्षको ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको जानकारी गराएका हुन् । साथै सोहीअवधिमा ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।