लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको हो ।


मुख्यमन्त्री चौधरीलाई माओवादी, नागरिक उन्मुक्ति लगायतका ८ दलले पक्षमा मत दिए भने एमालेले विपक्षमा मत दिएका हुन् ।

बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।