रुस–युक्रेन युद्ध : २० हजार रुसी निजी सैनिक मारिए



रुस–युक्रेन युद्धमा रुसको नीजि सैनिकका २० हजार सेना मारिएको जनाइएकाे छ । रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत सहर कब्जा गर्ने क्रममा भएको लडाइमा २० हजार सैनिक मारिएकाे तथ्य खुलेकाे हाे ।

वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफ्ना समूहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताए पछि सो रहस्य खुलेकाे हाे । प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्तामार्फत उनले यो खुलासा गरेका हुन् ।


पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने ठानिएको युक्रेनको जवाफी कारबाही अनुसार रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत भगाउने उद्धेश्यसहित उनीहरु तयार रहेको सूचना आएकोसमेत उनले जनाएका छन् ।