काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगलाई खारेज गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै यादवले राष्ट्रिय योजनाको काम नभएको बताएका हुन् ।
उनले भने, ‘राष्ट्रिय योजना आयोगको कुनै कामै छैन। यसलाइ खारेज गरिदिए हुन्छ । यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार समिति निर्माण गरे हुन्छ ।’
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम शब्द, साहित्य र कल्पनाले पूर्ण भए पनि केही कुराहरु अधुरो र अपुरो भएको बताए। उनले नीति तथा कार्यक्रममा रासायनिक मल कारखाना खोल्ने कुराको उल्लेख भए पनि कसले खोल्ने भन्ने कुरा स्पष्ट नभएको बताए ।