मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु



मुस्ताङ । मुस्ताङको थासाङ १ टुकुचेमा शनिबार बिहान करिब ९ बजे ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।

कालिगण्डकी नदीमा बालुवा लोड गरेर निर्माणस्थलतर्फ लैजाँदै गर्दा ग १ त ६७३६ नम्बरको ट्याक्टरको अचानक अगाडीको इन्जिन रहेको भाग अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो ।


दुर्घटनामा धौलागिरी गाउँपालिका ३ दरक बस्ने ३४ वर्षीय तकबहादुर बुढाको इन्जिनले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । ट्याक्टर थासाङ २ बस्ने नगेन्द्र फगानीको रहेको बताइएको छ ।

टयाक्टर दुर्घटना भएको सूचनापछि प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले घटनाको आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ ।