मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थलाई लागेको थियो । त्यसपछि उनलाई पक्षघात भएको थियो । अचेत अवस्थामै उनको केही दिनअघि निधन भएको थियो ।