काठमाडौँ ।– जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद यादवले सो प्रकरण राष्ट्रद्रोहीको मुद्दा भएकाले गम्भिर रुपमा छानबिन गर्नुपर्ने बताएका हुन ।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई एउटा अपराधको रुपमा मात्रै लिनु हुन्न, यो राष्ट्रद्रोह पनि हो,’ यादवले भने, ‘यस्तो बेलामा सो प्रकरणलाई ढाकछोप गर्ने गरी कार्यहरू हुन खोजेको आशंका उत्पन्न भएको छ, शीर्ष नेताहरूको बैठक यसैलाई कमजोर बनाउन त बसेको छैन रु जनताले आशंका गरेका छन् ।’