दमकमा पहिचान पक्षधर र प्रहरीबीच झडप



झापा । झापाको दमकमा पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ । कोशी नामविरुद्ध पहिचानवादीले मसाल जुलुस प्रर्दशन गर्ने क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरी गरी ७ जना बढी घाइते भएका छन् ।

पहिचान पक्षधरका नेता केधार धिमालका अनुसार घाइतेहरुहरुको अहिले लाईफ लाईन अस्पतालमा उपचार भइरहेको छ । घाईते हुनेहरुमा ईलामको चुलाचुली १ का गजेन्द्र फागो लिम्बू र अर्जुनधारा ११ झापाका निर्मला लिङ्देन, दिक्षा क्षेत्री रहेका छन् रहेका छन् । अन्य विवराण भने आउन बाँकी रहेको छ ।


प्रहरीले झडपको क्रममा दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने पहिचान पक्षधरले प्रहरीमाथि राँको र इँटाढुंगा प्रहार गरेका छन् ।

प्रदेशको नाम ‘कोसी’ खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै अन्दोलनरत पहिचान पक्षधरले आज दमकमा विरोधस्वरुप राँकेजुलुस प्रर्दशन गरेका हुन् ।

कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार मात्रै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।