झापामा बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक अब पार्टी कार्यालयमै बस्ने



काठमाडौं । झापामा बस्ने भनिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय च्यासलमै बस्ने भएको छ ।

संसद अधिवेशन सुरु भएको अवस्थामा संसदीय काममा केन्द्रित हुनु परेको भन्दै एमालेले पार्टी केन्द्रीय कार्यालयमै बैठक बस्ने तय भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।


एमालेले यसअघि २८ वैशाखमा झापामा केन्द्रीय कमिटी बैठक गर्ने तय गरेको थियो । अब बैठक वैशाख २८ देखि ३० पार्टी केन्द्रीय कार्यालय च्यासलमै बस्नेछ ।