कहिले लडेँ, कहिले मौन बसेँ, अब त अति भो : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आफूले राखेका कतिपय विषयले प्रवेश नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार सामाजिक संजालमार्फत महामन्त्री थापाले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !