काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आजबाट तीन दिनसम्म चल्ने सो बैठक केहीबेर अघि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
बैठकमा निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायत एजेण्डामा छलफल हुने एमाले महासचिव शंकर पोखरेले जानकारी दिए ।
एमालेको बैशाख २६ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा छलफल हुने १० वटा एजेन्डा तय गरेको थियो ।
गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन पछि पहिलो पटक बस्न लागेको केन्द्रीय समिति बैठक यसअघि झपामा बस्ने तय भएको थियो ।