काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेपाल प्रति वैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन् ।
बुधबार ३० औं मदन–आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले एमसीसी पारित भएपछि अमेरिकी सक्रियता र चासो पनि थप बढेको बताए । उनले एमसीसी पारित भएपछि अमेरिकी नेताहरु तारान्तर नेपाल आउन थालेको बताए ।
उनले भने, ‘एमसीसी पारित भएपछि अमेरिकी नेताहरु तारान्तार नेपाल आउन थालेका छन् । उनीहरु आउने बितिक्कै सुरुमा तिब्बतीलाई भेट्न पुग्छन् र गृहमन्त्रीलाई भेटेर उनीहरुको परिचय पत्र बनाउन लगाउँछन् । यस्तो वैदेशिक हस्तक्षेप यसअघि कहिल्यै भएको थिएन ।’
पछिल्लो समयमा राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखेल थप बढेको उल्लेख गर्दै खनालले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने अवस्था आएको बताए ।