इजरायलद्वारा जेरुसेलम यातायातमा ३ करोड शेकेल लगानी



जेरुसेलम दिवसको अवसरमा, यातायात र सडक सुरक्षा मन्त्री मिरी रेगेभले हाल जेरुसेलम शहरको लागि मन्त्रालयले प्रवर्द्धन गरिरहेको यातायात पूर्वाधार परियोजनाहरू प्रस्तुत गरेकी छिन् । सो प्रयोजनका निम्ति ३ करोड शेकेल बिलियन शेकेल (८.२५ अमेरिकी डलर) लगानी गरिएको छ ।

सो कार्यक्रममा शहरको लाइट रेल प्रणालीको विस्तार जस्ता परियोजनाहरू संलग्न छन् । शहरमा लाइट रेल नेटवर्कमा लगानीका साथै, यातायात मन्त्रालयले यसको सेवा, फ्रिक्वेन्सी र विश्वसनीयता सुधार गरेर सार्वजनिक यातायातको प्राथमिकता बढाउने उद्देश्यले विभिन्न परियोजनाहरूमा लगभग  ९० करोड शेकेल (२४८ मिलियन अमेरिकी डलर) लगानी गरिरहेको छ ।