काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक ऋणको अधिकतम प्रतिफल प्राप्त हुने गरी उपयोग गरिने बताए ।
अन्तर्राष्ट्रिय सहायतालाई राष्ट्रिय गौरव, रुपान्तरणकारी र उच्च प्राथमिकतायुक्त आयोजनाको सञ्जालमा केन्द्रित गर्ने राष्ट्रपति पौडेलको भनाई छ । उनको आगामी आर्थिक वर्षमा ऋणको आयोजनागत विनियोजन गरिनेछ ।