पोखरा । पोखरा महानगरपालिका–१५ सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु भएको छ ।
पोखरा ८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली शनिबार दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा खसेको झण्डै साढे २ घण्टा उनको उद्धार भएको थियो ।
उद्धारपछि उपचारका लागि बालिकालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरे । उनी साथीहरु सगँ घुम्नाका लागि त्यहाँ पुगेकी थिइन् ।