सन्दीपविरूद्धको मुद्दा फैसलाका लागि न्यायाधीश बरालको इजलासमा



काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा आज (आइतबार) सुनुवाई हुँदैछ । मुद्दा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ ।

फास्ट ट्रयाकबाट मुद्दाको किनारा लगाउन सर्वोच्चको आदेश भएसँगै सन्दिपको मुद्दा पटक–पटक पेसी चढेर हेर्न नभ्याइने सूचीमा परेको थियो । उक्त मुद्दाको आज अन्तिम सुनुवाई हो । सुनुवाई १० वटा निवेदन र दुई मुद्दा पछि तोकिएको छ । प्राथमिकतामा परेकोले आज उक्त मुद्दामा सुनुवाई हुने सम्भावना छ ।


परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध भदौ २१ गते बलात्कारको जाहेरी दिएकी थिइन् । जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेशलाई उच्च अदालत पाटनले बदर गरेर पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएको थियो । उनी पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।