शान्ति सम्झौताको मर्मअनुसार द्वन्द्वपीडितका मुद्दा सम्बोधन हुन्छः प्रधानमन्त्री



काठमाडौं । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटमा उनीहरुले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा विद्रोही पक्ष र राज्यपक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।


जवाफमा प्रधानमन्त्री प्रचण्डले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको भन्दै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने बताए ।