रौतहटको गरुडामा झडप : प्रहरीद्वारा हवाई फायर, ६ प्रहरीसहित सात जना घाइते



रौतहट । रौतहटको गरूडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपमा परेर ६ जना प्रहरीसहित ७ जना घाइते भएका छन् । नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजिएपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।


झडपलाई नियन्त्रणमा लिन प्रहीले ११ राउण्ड हवाईफायर गर्नुको साथै पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

झडपमा परेर गरुडा–५ का गजेन्द्र साह गम्भीर घाइते भएका प्रहरीले जानकारी दिएको छ । प्रदर्शनकारीले प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले हवाई फायर र अश्रृग्यास प्रहार गरेको थियो ।