राष्ट्रिय सभा बैठक भोलिलाई सारियो



काठमाडौँ । आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भोलिका लागि सारिएको छ ।

आज दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको बैठक विशेष कारणले भोलि शुक्रबारका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।


उनका अनुसार अब राष्ट्रिय सभा बैठक शुक्रबार अपरान्ह ४ बजेर १ मिनेटमा बस्नेछ ।