अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “मैले तपाईंहरूलाई पुनः चुनाव लड्ने मेरो योजना रहेको जानकारी गराएको छु ।
“मैले त्यो ‘क्यालकुलस’ बनाइसकेको छु । हामी अपेक्षाकृत चाँडै यसको घोषणा गर्नेछौं,” बाइडेनले आयरल्याण्डको भ्रमणको अन्त्यमा भने ।
अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा उम्मेदवारी नदिने बताएका छन् ।
पूर्व सैनिक तथा सीआईएका पूर्व निर्देशक पोम्पेओले भविष्यमा राष्ट्रपतिपदका लागि सम्भावित दावेदारी हुनेबारे भने सङ्केत गरेका छन् ।
पोम्पेओले ट्वीटरमा लेखेका छन्, “मेरी पत्नी सुसन र मैले धेरै सोचविचार र प्रार्थनापछि सन् २०२४ को चुनावमा अमेरिकाको राष्ट्रपति पदका लागि आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत नगर्ने निष्कर्षमा पुगेका छौं ।”
रिपब्लिकन नेताले व्यक्तिगत कारण देखाउँदै भने, “यो समय मेरो र मेरो परिवारका लागि सही छैन ।”