मर्यादित भाषा प्रयोग गरेर बोल्न सांसदलाई सभामुखको रुलिङ



काठमाडौं । सभामुख देवराज घिमिरेले मर्यादित भाषा प्रयोग गरेर आफ्नो धारणा राख्न सांसदहरूलाई रुलिङ गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धीबारे गरेको टिप्पणी गर्दा अमर्यादित भाषा र शब्द प्रयोग गरेको भन्दै सांसद लेखनाथ दाहालले यसमा सभामुखको ध्यान जानुपर्ने र संसद्लाई मर्यादित बनाउनुपर्ने बताए । 


यसपछि सभामुख घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।  साथै आफ्नो धारणा राख्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ)लाई ध्यानमा राखेर आफ्नो धारणा राख्न निर्देशन दिएका हुन् ।