बैंकबाट ऋण लिएर तिर्दिनँ भन्नु गलत : अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा दबाब परेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सरकार र अर्थमन्त्रालय यसलाई गम्भीरताका साथ लिएको बताएका हुन् । उनले एकदमै निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पारे ।

अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रमा केही दबाब परेको छ । केही अप्ठ्याराहरू सिर्जना भएका छन् । सरकार र अर्थमन्त्रालय र म स्वयम अर्थमन्त्री यसलाई गम्भीरताका साथ लिएका छौं । तर निराश हुनुपर्ने कारण छैन ।’ उनले सरकारको पूँजीगत खर्च प्रभावकारी बनाउने अल्पकालीन र दिर्घकालीन उपायहरू अपनाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय परिस्थित सामान्य भयो भने नेपालमा आर्थिक वातावरण सिर्जना गरेर अर्थतन्त्रमा देखिएका समस्या हल गर्न सक्ने विश्वास व्यक्त गरे ।


उनले भने, ‘अन्तराष्ट्रिय परिस्थित सामान्य भयो भने नेपालमा हल गरेर सकारात्मक आर्थिक वातावरण सृजना गरी हल गर्न सक्छौं भन्ने विश्वास छ । हामीले पनि अल्कालीन र दिर्घकालीन सोचिहरेका छौं ।’

उनले लगानीको वातावरण सहज बनाउन सरकार कटिवद्ध रहेको बताए । अर्थमन्त्री महतले बाह्य संचिति राम्रो रहेको बताए । उनले थपे, ‘बाह्य सञ्चिती राम्रो छ । हाम्रा युवाहरू विदेश गएका छन् । बाहिर गएका युवाहरूले रेमिटेन्स बढाएका छन् ।’ अर्थमन्त्री महतले ऋण लिएर तिर्दिनँ भन्नु गलत भएको बताएका छन् ।