बितेको वर्ष सु:खद हुन सकेन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बितेको वर्ष सुखद हुन नसकेको टिप्पाणी गरेका छन् ।

नयाँ वर्ष २०८० को अवसरमा शुभकामना दिँदै उनले बेथिति र अस्थिरताका पुराना दुःषित खेलको पुनरावृत्ति भएको भन्दै राजनीतिक स्थिरताको दृष्टिकोणले बितेको वर्ष सुखद हुन नसकेको बताएका हुन् ।


उनले भनेका छन्, ‘एमालेले सरकार छोडेपछि राष्ट्रहित संरक्षण, सुशासन, विकास र समृद्धिको यात्रा अवरुद्ध भएको छ । एमालेले विकास र समृद्धिको यात्रा अघि बढाउने प्रयास गरे पनि अवसरवादी चरित्रका कारण उक्त प्रयास सफल हुन सकेन ।’

अध्यक्ष ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको समेत बताएका छन् ।