प्रधानसेनापति शर्मा र अष्ट्रेलियाका राजदूतबीच भेट



काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गरेकी छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उनीहरूबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसैबीच, प्रधानसेनापति शर्माले  सहायकरथीबाट उपरथीमा बढुवा भएका सुदर्शन सिल्वाललाई दर्ज्यानी चिह्न प्रदान गरे ।


मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय अनुरूप उपरथीमा बढुवा भएका सिल्वाललाई सैनिक मुख्यालयले सैनिक इन्टेलिजेन्स महानिर्देशकको जिम्मेवारी दिएको छ । महारथी शर्माले प्रमुख सेनानीबाट पदोन्नति भएका तीन महासेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेको निर्देशनालयले जनाएको छ ।