प्रधानमन्त्री र रवि लामिछानेबी भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आइतबार बिहान बालुवाटार पुगेर सांसद समेत रहेको लामिछानेले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले १० बैशाखमा सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएकामा लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् ।


सर्वाधिक मत पाएर सांसद निर्वाािचत भएका रास्वपाका लामिछानेले आज केन्द्रीय समिति बैठक बोलाएका छन् । केन्द्रीय बैठक बस्नुअघि उनले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

केन्द्रीय समिति बैठकमा सरकारलाई दिएको समर्थनबारे निर्णय लिइने बताइएको छ । गत पुस २६ गते रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर, नागरिकता विवादमा सर्वोच्चले विपक्षमा फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री, सांसद पद गुमेको थियो ।