प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडित पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट द्वन्द्वपीडितहरुलाई नियन्त्रणमा लिएको छ ।

संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै प्रदर्शनमा उत्रिएका करिब १ दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयक संसदमा विचाराधिन छन् । टीआरसी विधेयकमा पीडकलाई उन्मुक्ति दिने व्यवस्थासमेत राखिएको भन्दै त्यसलाई संशोधन गर्न उनीहरुले माग गरेका छन् ।

विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएकाहरुलाई रोक्न खोजेपछि प्रहरीसँग केहीबेर ठेलमठेल भएको थियो ।