प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा विषयगत समिति गठनको प्रस्ताव



काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको सम्भावित कार्यसूची विषयगत समिति गठन रहेको छ ।

संसद सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

prt1682645631