दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो हराइरहेको हेलिकप्टर, पाइलट जीवितै



काठमाडौँ । हेली एभरेस्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको अवस्थामाअवस्थामा भेटिएको छ । आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको उक्त हेलिकोप्टर धौलागिरि बेसक्याम्पनजिकै हेलिकप्टर फोर्स ल्याण्डिङ गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले बताए ।

इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा फेला परेको तिवारीले बताएका हुन् । हेलिकोप्टरका पाइलट श्री अधिकारी भने जीवितै भेटिएको उनको भनाइ छ ।