थप १२४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । पछिल्लो २४ घण्टामा १२४ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमित देखिएका हुन् ।


पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमितको संख्या ४४४ पुगेको छ ।